d

क्वाटरफाइनलबाट आउट भएपछी ब्राजिलका मुख्य प्रशिक्षक टिटेले दिए राजीनामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाण्डाै - ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् ।

कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

Views: