d

प्रगती मा वि मा त्रिदिवसिय स्काउट गतिविधि आयोजना (तस्बिरहरु)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे 

गौरादह नगरपालिका वडा नम्बर ८ मा रहेको प्रगति मा बि मा रहेकोे प्रगति स्काउट ट्रुपले त्रिदिवसिय कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञान दिने उदेश्यले संन्चालित कार्यक्रमको पहिलो दिन हाईकिङ्ग रहेको थियोे।जस अन्तर्गत कन्काई न पा को झण्डीडाडामा ५ कि मि हाईकिङ्ग सम्पन्न गरेका थिए।

दोस्रो दिन प्रमुख अतिथि नगर स्काउट प्रमुख तथा उप मेयर जलबर्षा राजबंशीले झण्डातोलन गरि उद्घाटन गर्नु भएको थियोे। उक्त उद्घाटनमा विभिन्न बिद्यालयका स्काउट मास्टर,प्रधानाध्यापक,शिक्षक तथा अभिभावकको उपस्थिति रहेको थियो। रात्रीकालिन क्यामफायर गरि तथा वान नाईट क्याम्पियन गरि बिभिन्न स्काउट गतिविधि सम्पन्न गरेका थिए।

पर्दाफास संग कुरा गर्दै स्काउट मास्टर पदम दहालले जानकारी दिनु भएको छ। यसरी गरिएको कार्यक्रममा विद्यार्थीले ब्यवहारीक ज्ञान पाउने र भावि दिनमा अझै थप कार्यक्रम गर्ने जानकारी दिनु भएको छ। स्काउट गतिविधिमा संन्चालन गर्नका लागि नगरले चासो देखाउदै बिद्यालय लाई सहयोग गरेमा स्काउट गतिविधि अझै प्रभावकारी भै विद्यार्थीहरुको ब्यवहारीक ज्ञान लाई उजागर गर्न अझै प्रभावकारी हुने थियोे।

उद्घाटन सत्रमा उपमेयर जलबर्षा राजबंशी,विद्यालयका प्र अ डिल्ली राम अधिकारी,शिक्षक दिनानाथ कडरिया, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शोभाधोज सिंह माक्रा ले अा-आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा रोवर बिकाश कार्किले स्काउटको भुमिका र उदेश्य बारे अाफ्नो मन्तब्य राख्नु भएको थियोे।

तेस्रो दिन बिभिद कार्यक्रम गरि समापन गरिएको थियोे। यो तीन दिनमा आफुले सिकेको अनुभव बारे बताउदै प्रगति स्काउट ट्रुप लिडर लक्ष्मी कट्वाल:-"रात्री कालिन बसाईमा के कस्ता समस्या आउँछ र ती समस्या कसरी समाधान गर्न सकिन्छ सिक्यौ। अफ्ट्यारो बाटोमा कसरी हिड्ने त्यो सिक्यौ। आफैले खाना ब्यवस्थापन कसरी गर्ने कसरी पकाउने समुहमा कसरी बस्ने त्यो सिक्यौ। हामीलाई स्थानीय निकायले साथ दिएमा अझै तालिम लिई देश सेवामा स्काउट लाई लाउने छौ।साथै हामीले सिकेका कुराहरु ब्यवहारी जिवनमा उपयोग गर्ने छौ।"

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

Views: