d

पन्चामृत खाएपछि रेविजको त्रासमा गाउँले 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काभ्रे, मंसिर २६ । काभ्रेको महाभारत गाउँपालिका–१, गोकुलेका स्थानीयवासी रेबिजको त्रासमा छन्। आफूहरूले पूजामा पञ्चामृत खाएको दूध दिने गाई रेबिजको कारण मरेको पुष्टि भएपछि गाउँले सबै त्रासमा परेका हुन्।


गत कात्तिक २६ गते स्थानीय पञ्चलाल जिम्बाको घरमा सत्यनारायण पूजा लगाइएको थियो। पञ्चामृत बनाउन दूध प्रयोग गरिएको गाई मङ्सिर १३ गते मरेको थियो। त्यसपछि गाउँमा त्रास फैलिएको छ। अहिले उनीहरू स्वास्थ्यकर्मीको परामर्शमा छन्।

“मेरो घरमा कात्तिक २६ गते सत्यनारायणको पूजाका लागि पञ्चामृत बनाउन दूध ल्याएको गाई मङ्सिर १३ गते म¥यो। गाईमा रेबिजको लक्षण देखिएर परीक्षण गर्दा रेबिज पुष्टि भयो। हामीलाई रेबिजको खोप लगाउनुपर्छ कि पर्दैन?” स्थानीय पञ्चलाल जिम्बाले गाउँमा पुगेका स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तमराज सेढाईलाई प्रश्न गरे।

उनले पूजाको दिनमा गाउँका थुप्रै व्यक्ति र बालबालिकाले पञ्चामृत खाएका हुनाले उनीहरूको पहिचान कसरी गर्ने र रेबिजविरुद्धको खोप लगाउन के गर्ने र कतिलाई लगाउने भन्ने विषयमा अन्योल भएको बताए। उनले गाउँभरमा १५र२० वटा भुस्याहा र छाडा छोडिएका घरपालुवा कुकुर रहेकाले गाउँमा रेबिज फैलने खतरा रहेको बताए।

“गाउँभर कुकुर छन्, केही कुकुरले गाउँका केही पशु र मानिसलाई समेत टोकेको छ। यी कुकुरलाई कसरी व्यवस्थापन गर्ने वडा, गाउँपालिकालगायतका निकायले ध्यान दिनु प¥यो,” पञ्चलालले थपे। स्थानीय खीरमाया श्रेष्ठले भदौमा घरमा पालेको गाईले गोठमा आएको एउटा कुकुरलाई हान्दा गाईको टाउकोमा कुकुरले टोकेको बताउँदै मङ्सिर १३ गते कुकुरले टोकेको गाई मरेको बताए। गोरखापत्र दैनिकबाट

Views: