d

आजबाट सेमिफाइनल सुरु, आज अर्जेन्टिना र क्रोएसिया भिड्दै 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । 

Views: