d

विश्व कप फुटबलको उपाधिमा अर्जेन्टिना र फ्रान्स भिडन्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं, पुस ३ । फिफा विश्वकप फुटबलको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स खेल्दैछन् । अर्जेन्टिना र फ्रान्स पहिलो पटक विश्व कपको फाइनलमा खेल्न लागेका हुन्।


अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले र फ्रान्स दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोलले पराजित गरी फाइनलमा पुगेका हुन्।

फ्रान्स विश्वकपको साविक विजेता टोली पनि हो । त्यस्तै विश्व कपमा ८ वर्षपछि फाइनल पुगेको अर्जेन्टिना सन् १९८६ पछि विश्व कपको उपाधि जित्ने सुरमा छ । आजको खेल नेपाली समय अनुसार राति पौने ९ बजे लुसेल मैदानमा सुरु हुनेछ ।

Views: