d

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपालमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ–केरुङ रेलमार्ग अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपालमा

काठमाडौँ । पूर्व सम्भाव्यता अध्ययन भइसकेको काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल आएको छ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारका अनुसार उक्त टोली नेपाल आएको हो । उनका अनुसार नेपालसँगको समन्वयनमा अब टोलीले उक्त रेलमार्गको विस्तृत अध्ययन अघि बढाउने छ ।

कोभिडलगायतका कारण उक्त रेलमार्गको सम्भाव्यता अध्ययन भएर पनि विस्तृत अध्ययन हुन सकेको थियो । उच्च हिमालय क्षेत्र हुँदै जानुपर्ने उक्त रेलमार्ग निर्माणलाई अति नै चुनौतीपूर्ण परियोजनाको रुपमा हेरिएको छ ।

उच्च हिमाली क्षेत्रमा सुरुङ खनेर रेलमार्ग निर्माण गर्नुपर्ने र यस्तो क्षेत्रमा भूकम्पको जोखिम हुने भएकोले यसलाई चुनौतीपूर्ण परियोजना मानिएको छ ।

सरकारले यो मार्गलाई चिनको बिआरआई परियोजना अघि बढाउन आग्रह गर्दैै आएको छ । चिननले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ्स अवधारणाको परियोजनामा समावेश गर्न नेपालले यो सहित ९ आयोजना प्रस्ताव गरेको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणताका गत मार्चमा यो परियोजनामा चिनले नेपाललाई प्राविधिक सहयोग गर्ने सम्झौता भएको थियो । त्यस्तै, नेपालका परराष्ट्र मन्त्री नारायण खड्का चीनको भ्रमणमा जाँदा यो परियोजना अध्ययन गर्न प्राविधिकसहितको टोली पठाउने प्रतिबद्धता चीनले जनाएको थियो । मकालु खबर।  

Views: