d

कामबाट निकालिएका १३ जना नेपाली मलेसियामा अलपत्र 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 वैदशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ जना युवा अलपत्र परेका छन् । कम्पनीले कामबाट निकालेपछि आफूहरू एक महिनादेखि एउटा कोठामा थुनिएर बसेको बताइएको हो । अलपत्र परेका मध्ये चार जना रुकुम पश्चिमका  र अन्य ९ जना सुनसरीका युवाहरु रहेका छन्  । उनीहरू वैदेशिक रोजगारीका लागि गएको कात्तिकमा मलेसिया पुगेका थिए । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ४ का इन्द्रबहादुर ओली र टीकाराम भण्डारी, वडा नम्बर ११ का टेकबहादुर केसी र सुनील शाहसँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाका सन्देश राई, दीपकचन्द्र बंशी, देवनारायण यादव, भरतप्रसाद यादव, सन्तोष यादव कामविहीन अवस्थामा रहेका छन् । त्यसैगरी सुनसरीकै कोशी गाउँपालिकाका विवेक कुमार मण्डल, हरिनगरा गाउँपालिकाका सुधीरकुमार पाल, कुन्दनकुमार पाल र दीपेन्द्रकुमार पाल अलपत्र परेको हुन् ।  

image: Janaastha

Views: