d

इस्टु झापा जिल्ला अधिवेशन, अध्यक्ष मै रस्साकस्सी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पंकजा भण्डारी 

निजि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको संगठन इस्टु  झापाको अधिवेशनको मिति नजिकिदै गर्दा जिल्ला नेतृत्वमा होडवाजी सुरु भएको छ।  आगामी माघ ७ मा सम्पन्न गर्ने तयारी गरिएको जिल्ला अधिवेशनमा नेतृत्व हत्याउनका लागि दौडधुप शुरु भएको हो।   अघिल्लो २ कार्यकाल अध्यक्ष सम्हालिसकेका होमराज खतिवडा तेश्रो पटक पनि उनले नै अध्यक्ष बन्नु पर्छ भन्ने बहस शुरु भएको छ।  खतिवडाले जिल्ला अध्यक्ष सम्हाले पछि इस्टुका गतिविधिमा निकै तिब्रता आएकोले पनि उनलेनै अध्यक्ष सम्हाल्नु पर्ने तर्क एकाथरीको छ भने अर्को तिर खतिवडालाई सर्वसम्मत अध्यक्ष बन्न नदिने प्रयासमा समेत केहि इस्टुकर्मीहरु गोप्य रुपमा लागेको बुझिएको छ।  त्यसो त झापा इस्टुमा चन्द्रगढीका राजु बरालले आफ्नो बलियो दावी प्रस्तुत गरिसकेका छन्।  भद्रपुर नगरसमितिले सर्वसम्मत निर्णयनै गरेर बराललाई जिल्ला अध्यक्षको दावेदार बनाएको हो। जिल्ला कार्य समितिको अधिवेशनको सम्पूर्ण जिम्मेवारी पाएका इस्टु केन्द्रिय महासचिव यादवराज अधिकारी भने सर्वसम्मत अध्यक्ष चयन गर्नुपर्ने बताउछन्।  'हामीले इस्टुलाई बलियो संगठनको रुपमा स्थापित गरिसकेका छौं, अव कुनै पनि बहानामा निर्वाचनमा गएर पदिय भागबण्डा गर्दै साथीहरु बीच मन मुटावको अवस्था सिर्जना गर्नु हुदैन, यदि निर्वाचनमा जानै पर्ने भएमा पनि विनविन सोल्युसन खोजिने छ', पर्दाफास संग कुराकानी गर्दै अधिकारीले भने। यद्दपी महासचिव अधिकारीले प्रजातान्त्रिक पद्दती बाटै चुस्त कार्यसमिति निर्माण गर्ने दोहोर्याए। 

अध्यक्षमा दुइजनाको दावी रहदै गर्दा वर्तमान केन्द्रिय सदस्य दिपक भट्टराई पनि अध्यक्षको आकांक्षी रहेको बुझिएको छ।  आफु अध्यक्षको उम्मेदवार बन्ने की नबन्ने  भन्ने विषयमा भट्टराईले सार्वजनिक रुपमा कुनै धारणा राखेको भने पाइदैन। 

अध्यक्षको बन्ने भन्ने चर्चा चल्दै गर्दा उपाध्यक्षमा भने दमक नगर अध्यक्ष बिकास अधिकारीको एकल नाम चर्चामा रहेको पाइन्छ।  त्यस्तै जिल्ला सचिवको दावेदारको रुपमा रहेका छन् मेची आवासिय विद्यालय दमकका शिक्षक दिपक खड्का।  हाल कमल गा पा इन्चार्ज 
 समेत रहेका खड्काले एक कार्यकाल जिल्ला  कार्यसमिति सदस्यको भूमिका निर्वाह गरिसकेका छन्।  

शिक्षकहरु माझ निकै लोकप्रिय रहेका खड्काले इस्टुलाई बलियो संगठनको रुपमा स्थापित गराउनकै लागि पनि आफुले सचिव पदको दावी गरेको बताएका छन्। 

अधिवेशन गौरादह नगरपालिका वडा नम्बर ५  सामुहिक खेतिमा रहेको होमस्टेको सभाहलमा हुने जनाइएको छ।  

Views: