d

 राप्रपा झापाले ३०१ औं पृथ्वी जयन्ती भव्य रुपमा मनाउने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पौष २७ गते  पृथ्वी जयन्ती भव्य रुपमा मनाउने भएको छ।  जिल्ला कार्यसमितिको आयोजनामा कन्काई नगरपालीका कार्यालय अगाडी  राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाहको ३०१ औं जयन्ती विशेष रुपमा मनाउने तयारी गरिएको हो।  

बिर्तामोड स्थित पार्टी कार्यालयमा  बिहिवार  आयोजित नियमित मासिक बैठकको शिलसिलामा  उक्त घोषणा गरिएको हो।    

गतवर्ष जिल्ला कार्यसमितिको सहजीकरणमा काकरभिट्टामा आयोजना गरिएको पृथ्वी जयन्ती यो पटक भने जिल्लाकै सहजीकरणमा कन्काई नगर कार्यसमितिले आयोजना गर्ने जनाइएको छ। 

नियमित बैठककै सन्दर्भमा  गत मङ्सिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समिक्षा गर्दै निर्वाचनमा महत्वपूर्ण भूमिका गर्ने विभिन्न नेता / कार्यकता तथा पार्टीबाट निर्वाचित प्रदेश सांसदहरुको सम्मान  समेत गरिएको थियो।  
 

कार्यक्रमको अवसरमा  आज पौष १४ गते स्व. राजा  विरेन्द्रको ७८ औं जन्म जयन्तीको सन्दर्भमा वहाँलाई स्मरण गर्दै तस्विरमा  माल्याल्पर्ण गरिएको थियो।  

 निर्वाचनको दौरानमा पार्टी हित विपरित जाने र आफूखुशी सामाजिक संजाल मार्फत पार्टी छोडेको घोषणा गर्नेहरु लगायतका दर्जन बढीलाई साधारण सदस्य समेत नरहने गरि कार्वाही गरिएको जिल्ला अध्यक्ष केशब प्रसाद ओझाले बताएका छन्।   


'पार्टी हित विपरित जानेहरु विरुद्द पार्टीले अनुशासनको कार्वाही गर्ने निर्णय गरिसकेको छ।  यो केन्द्रको निर्देशन अनुरुप नै हो।   हामीले सबै पालिका समितिहरुलाई त्यस्ता व्यक्ति भए लिखित रुपमा उजुरी दिन पत्राचार गरिसकेका छौं।  प्रमाण सहित आउने उजुरीउपर  छनविन गरिने छ।', अध्यक्ष ओझाले भने।  

त्यस्तै बैठकले राप्रपा झापाको सचिवाले प्रमुखमा कुमार थापालाई मनोनयन गर्ने तथा पार्टीको भात्री संगठन किसान सङ्गठको जिल्ला तदर्थ समिती गठन गर्न समेत निर्णय गरेको अध्यक्ष ओझाले बताएका छन्।  

 

 

Views: