d

क्लब हिमालयन टाइगरले गर्यो डस्ट्बिन वितरण तथा सरसफाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: "सरसफाई नभए देश सफा अनि सुन्दर कदापि हुँदैन" भन्ने मूल नाराका साथ क्लब हिमालयन टाइगर गौरादह शाखाले गौरादहमा डस्ट्बिन वितरण सहित नगर सरसफाइ कार्यक्रम आयोजना गरेको छ । क्लब हिमालयन टाइगरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरादह शाखा, गौरादह जेसिज, गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति लगायतका संघ/सस्थाको सहकार्यमा डिपु तथा बजार क्षेत्र सरसफाइ अभियान संचालन गरिएको हो । शनिवार बिहान सम्पन्न कार्यक्रममा ३२ थान डस्बिनहरु वितरण गरिएको थियो । औपचारिक रूपमा तथा सामुदायिक प्रहरी साझेधारी समेतमा सम्पन्न गरिएको कार्यक्रममा गौरादह नगर उप-प्रमुख जलवर्षा राजवंशी, क्लब हिमालयन टाइगर गौरादह शाखा अध्यक्ष सरिता कटुवाल कार्की, गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादह अध्यक्ष बाबुराम भण्डारी, रेडक्रस गौरादह अध्यक्ष भिम विजय वास्तोला, जेसिज गौरादह अध्यक्ष बिनिता अधिकारी कटुवाल, सुरक्षाकर्मीहरु, विभिन्न वडाका वडाध्यक्ष लगायत सामाजिक क्षेत्रका लब्धप्रतिस्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो ।

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

Views: