d

काठमाडौँमा दुईजनालाई छुरा हानेर फरार भएका पाँचजना पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । कोटेश्वरस्थित बागमती नदि करिडोरमा दुईजनामाथि छुरा प्रहार गरेर फरार भएका पाँच जना जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ २३ वर्षीय र १८ वर्षीय युवकमाथि छुरा प्रहार गरेर भागेका मध्ये ४ जनालाई रौतहटबाट पक्राउ गरेको काठमाडौँ प्रहरी परिससरले जानकारी दिएको छ ।

उनीहरुमध्ये एक जनालाई प्रहरीले काठमाडौँबाटै पक्राउ गरेको थियो । रौतहट पुगेका चार जनालाई रौतहट प्रहरीको सहयोगमा पक्राउ गरेर काठमाडौँ ल्याइएको काठमाडौँका प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा उदयपुरको बेलटारका १८ वर्षीय निश्चल राई, सिन्धुलीको फिक्कलका १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहटको वौधिमाईका १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगा १८ वर्षीय अनिष खत्री रहेका छन् । उनीहरुको साथबाट प्रहरीले घटनामा प्रयोग भएका धारिलो हतियार छुरा पनि बरामद गरेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अदालतबाट ५ दिन म्याद लिएर अनुसन्धान थालेका एसपी मैनालीले बताए । मकालु खबर।  

छुरा प्रहारबाट घाइते दुवै जनालाई कान्तिपुर अस्पताल सुविधानगर लगिएको थियो ।

Views: