d

गोरखाबाट सुरु भयो एकीकरण यात्रा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखरा । गोरखाबाट यो वर्ष पनि एकीकरण यात्रा सुरु भएको छ । नेपाली सेनाको रिपुमर्दन गणले गोरखादेखि काठमाडौँसम्मको यात्रा तय गरेको हो । गोरखा राज्य विस्तारका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्गको रूपमा विकास गरेको हो ।

गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट सुरु भएको यात्रा धादिङबाट नुवाकोट हुँदै काठमाडौँ पुग्ने छ । यात्रामा पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका नेपाली सेनाको टोली सहभागी छ । २६ कोषको दूरी पुस २७ गते पूरा हुने छ ।

पृथ्वी जयन्तीकै अवसरमा उक्त यात्रा सुरु गरिएको बताइएको छ  ।
 

Views: