d

जुम्लाको तिला नदीमा खस्यो अटो, ३ जनाको लियो ज्यान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जुम्ला – जुम्लाकाे तिला गाउँपालिका ३ त्रिवेणीमा आज बिहीवार दिउँसाे अटो दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ ।

जुम्लाबाट नाग्मा जाँदै गरेकाे क १ स ११ नम्बरकाे अटाे तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १ बाइराँकाका २९ वर्षीय पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर बुढामगरले जानकारी दिनुभयाे । 

प्रहरीका अनुसार पुरनकाे घटनास्थलमै ज्यान गएकाे र आकाशकाे उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ज्यान गएकाे हाे । समाचार तस्बिर: उज्यालो अनलाइन 

अटोले पाउरोटी ओसारपसार गर्दै आएको थियो । अटो कर्णाली राजमार्गबाट तल तिला नदीको छेउमा खसेको थियो ।

Views: