d

गौरादह जेसिज वर्ष २०२३ अध्यक्षमा प्रकाश भट्टराई

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

*जमिन उपलब्ध भए जेसिज भवन नगरपालिकाले बनाइदिने छ - नगेन्द्र भण्डारी 
*जग्गा खोजीको लागि मेरो हदै सम्मको पहल रहने छ - जेसी विनिता अधिकारी
 

गौरादह जेसिजको २०२३ को अध्यक्षमा जेसी प्रकाश भट्टराई सर्वसम्मत रूपमा चयन भएका छन् । २०२२ अध्यक्ष जेसी बिनिता कटुवालको कार्यकाल सम्पन्न भए संगै नयाँ कार्यकालको लागि अध्यक्षमा भट्टराई निर्वाचित भएका हुन् ।   २०१२ सालमा स्थापना भइ निरन्तर रूपमा वार्षिक साधारणसभा गर्दै आएको गौरादह जेसिजले शनिबार औपचारिक कार्यक्रम सहित १० औं साधारणसभा सम्पन्न गरेको छ । 

गौरादह १ को सभाहलमा आयोजित साधारणसभाले जेसिजका अन्य पदाधिकारी तथा सदस्यहरु समेत चयन गरिएको छ । 

नव गठित समितिको कार्यकारी उपाध्यक्षमा जेसी खड्ग बहादुर थापा र युवराज बाँस्तोला निर्वाचित भएका छन् । 

त्यस्तै उपाध्यक्षहरुमा जेसी इन्द्रा खनाल, जेसी विक्रम कुमार तिवारी, जेसी दुर्गा देवी चौहान, जेसी दिपेन्द्र खतिवडा रहेका छन् भने सँस्थाको  जनसम्पर्क अधिकारीमा जेसी डेनिस कडरिया रहेका छन्।  

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि तथा गौरादह नगर प्रवक्ता वडाध्यक्ष नगेन्द्र भण्डारीले गैर राजनीतिक सँस्थाको रुपमा रहेको गौरादह जेसिजले समाजको विकासमा अनुकरणीय योगदान पुर्याएको चर्चा गरे।  समाजको लागि चाहिने योग्य र सक्षम युवाहरु उत्पादन गर्दै गौरादह जेसिजले अझै सशक्त रुपमा आफुलाई चिनाउनु पर्ने सुझाव दिँदै नगर प्रवक्ता भण्डारीले गौरादह लागु पदार्थ दुर्व्यश्यनी विरुद्दका कार्यक्रमहरु जेसिजले संचालन गर्नु पर्ने आवश्यकता रहेको औंल्याए।  

'गौरादह नगरपालिका लागु औषध दुर्व्यशनीको हव बनिसकेको छ, यसलाई निराकंरण गर्न जेसिजले  ध्यान पुर्याओस। नगरपालिका साझेदारी रुपमा सहयोग गर्न तयार छ।', भण्डारीले भने।   

गौरादह जेसिजले आफ्नै भवन बनाएर स्थायित्व लिन प्रयास गर्दै आएको तर्फ स्मरण गर्दै प्रवक्ता भण्डारीले भने, 'तपाईंहरु जमिन खोजी गर्नुहोस, नगरपालिकाले भवन निर्माणको लागी सहयोग पुर्याउने छ।'

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गौरादह अध्यक्ष तथा कार्यक्रमका सभापती जेसी विनिता अधिकारी कटुवालले आफुले सँस्थालाई स्थायित्व दिन प्रयास गर्दै आएको बताइन्।  अधिकारीले भनिन्, 'मैले अध्यक्ष बन्छु भनेर ककसमा कुरा राख्दै गर्दा सँस्थालाई स्थायित्व दिन्छु भनेकी थिएँ, अहिले पनि जमिन खोजीको लागि प्रयास मै छु, यसको लागि एउटा छुट्टै समिति गठन गरेर जमिन खोजीको प्रयास गर्ने योजना रहेको छ।' 


आफ्नो कार्यकालमा सँस्थालाई राष्ट्रिय स्तरमा परिचित गराउन ठोस प्रयासहरु भएको तर्क गर्दै उनले आगामी अध्यक्षले अझै प्रभावकारी ढंगले कार्य गर्ने आफुले आशा गरको बताइन्।   आफ्नो कार्यकाल सफल पार्नको  लागि सिंगो टिमको भूमिका उच्च रहेको भन्दै उनले नगरपालिका र अनलाइन संचार माध्यमहरु समेतलाई धन्यवाद दिईन्।  

कार्यक्रममा सँस्थाका पुर्व अध्यक्षहरु कोमल ढुंगाना, राजु घिमिरे र एकराज घिमिरे लगायत  पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।  

कार्यकारी उपाध्यक्ष दुर्लभ कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन महासचिव खड्ग थापाले गरेका थिए।

Views: