d

आफ्नै साथीको अपहरण अभियोगमा चार वालक पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा चार जना बालक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षका बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको बताइएको छ।  

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ।  उज्यालो अनलाइनको सहयोगमा 

Views: