d

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्यण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि विश्वासको मत लिँदैछन्।

राप्रपाले पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने माग राख्दै आएको छ। सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ। सो कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गरेका थिए। उनको जन्म जयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२/०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।

Views: