d

कष्टसाथ हुर्किएको पिपलको वृक्ष मुनि राष्ट्र निर्माताको सम्झना

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापाको गौरादह बजार अहिले आधुनिक बजारमा रुपान्तरण भएको छ । प्रदेश १ का हालका मुख्य मन्त्री तथा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र तत्कालीन गौरादह नगर कार्यपालिकाको पहलमा नमुना गौरादह बजार निर्माण गरिएको थियो । नमुना बजार निर्माण गर्नुपुर्व उक्त स्थानमा सयौं वर्ष पुराना ३०/४० वटा कल्पवृक्षहरु थिए । उक्त वृक्षहरु सबै निमिट्यान्न पारेर नयाँ स्वरुपको बजार निर्माण गर्दैगर्दा एउटा पिपलको वृक्ष भने बाच्न सफल भएको छ । त्यो त्यही पिपलको वृक्ष हो जसको आरामदायी छहारीमा विभिन्न औपचारिक र अनौपचारिक कार्यक्रमहरु हुने गर्दथे । र अझै पनि त्यस्ता कार्यक्रम आयोजना हुने गर्दछन्।  उक्त स्थानमा रहेको फलैचालाई सहिदको नाममा कार्यक्रम स्थल निर्माण गरिने चर्चा पनि विगतका दिनमा राम्रै चलेको हो ।  संरचना निर्माणको कार्य भाषणमै सिमित रहेदै गर्दा क्षतविक्षत अवस्थामा रहेको पिपलको वृक्षले भने पुनः सुन्दर रुप धारण गर्न थालेको छ । 

सोही वृक्षको फेदीमा गौरादहका युवाहरूले   द्विप प्रज्वलन गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको संझना गरेका छन् । स्व. राजा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै यसै स्थान हरेक वर्ष द्विप प्रज्वलन गरिदै आएको छ । यसैको निरन्तरता दिदै आज पनि वहाँको ३०१ औं पृथ्वी जयन्ती मनाइएको सामाजिक अगुवा तथा संचारकर्मी केदार खड्का बताउछन् । राष्ट्रिय एकताका प्रतीक स्व. राजाले राष्ट्र निर्माण र राष्ट्रिय भावनाको गाथा गाउदै खड्काले भने, चिनियाँ राष्ट्रपति सि जिङ पिङ र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको डिएनए परिक्षण गर्ने हो भने उनीहरु बिदेशीका सन्तान भएको पुष्टि हुन सक्ला तर ३ करोड नेपालीको डिएनए परिक्षण गर्ने हो भने उनीहरु वीर गोर्खालीकै सन्तान रहेको पुष्टि हुन्छ।'
'भारतीयहरु जसरी सयौं वर्ष अंग्रेजको गुलाम बने त्यस्तै चिनियाँहरु पनि लामो कालखण्ड सम्म जापानीहरुको उपनिवेश खेप्न बाध्य रहे, तर हामी वीर गोर्खालीका सन्तान भएकै कारण कहिल्यै बिदेशीको थिचोमिचो सहेनौ।'

कार्यक्रमकै अवसरमा अर्का युवा रविन्द्र ढुंगानाले पृथ्वीनारायण शाहको स्मरणमा राज्यको तर्फबाट  कुनै कार्यक्रम आयोजना हुन नसक्नु दु:खद रहेको भन्दै उनले भने, 'पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए आज नेपाल भन्ने स्वतन्त्र राष्ट्र इतिहासमा सिमित रहने थियो ।'

त्यस्तै अर्का वक्ता गोविन्द कडेलले भने, 'राष्ट्र निर्माता पृथ्वीनारायण शाहको संझना गर्दा एउटा नेपाली हुनुको छुट्टै गौरव महसुस हुन्छ ।' 
कार्यक्रमको थप औचित्य पुष्टि गर्दै कडेलले भने, 'आगामी दिनमा पृथ्वी जयन्ती अझै भव्यता साथ मनाउनु अझ सान्दर्भिक रहन्छ ।'

कार्यक्रमका अवसरमा चुच्चे नक्शा सहितको नेपालको नक्शा स्केच गरेर द्विप प्रज्वलित गरिएको थियो ।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

 

 

 

Views: