d

राष्ट्र निर्माताको स्मृतिमा प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनले आयोजना गर्यो रक्तदान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादहमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।  राष्ट्र निर्माता तथा राष्ट्रिय एकताका प्रतिक पृथ्वीनारायण शाहको ३०१ औं जयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।  गौरादह ७ ग्वाल्डुब्बामा आयोजित रक्तदान कार्यक्रममा उल्लेख्य रुपमा रक्त संकलन गरिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष ठटालले बताए।  

कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी दमक शाखाले गरेको थियो।  

कार्यक्रममा प्रदेश सभा सदस्य अम्बर विष्ट, राप्रपा स्वास्थ्य विभाग केन्द्रिय सदस्य सुर्य नारायण शाह, राप्रपा केन्द्रिय सदस्य तथा वाणिज्य सामान्य विभाग प्रमुख लक्ष्मी प्रसाद संग्रौला, राप्रपा प्रदेश 'क' अध्यक्ष जय गुरुङ, राप्रपा गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल, राप्रपा कृषि बिभाग महासचिव जीवन अधिकारी लगायत सामाजिक क्षेत्रका अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।  

Views: