d

उर्लाबारी नगरकाे भूउपयोग क्षेत्र निर्धारण , उर्लावारीकाे जग्गा कित्ताकाट खुल्यो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उर्लाबारी, २९ पुस/ मोरङको उर्लाबारी नगर क्षेत्रमा भूउपयोग क्षेत्र निर्धारण गरिएको छ । मोरङ जिल्लामै पहिलोपटक उर्लाबारी नगरपालिकामा भूउपयोग क्षेत्र निर्धारण गरिएको हो ।

नगरपालिकाले शुक्रबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । नगरपालिकाले व्यावसायिक, आवासीय, औधोगिक र कृषियोग्य भूमि क्षेत्र निर्धारण गरिएको जानकारी दिएको छ । फरक क्षेत्रको फरक कर निर्धारण गरिएको र त्यसलाई आगामी आर्थिक वर्ष २०८०/०८१ देखि लागू गरिने नगर प्रमुख गंगा खरेलले बताए ।

निर्धारित व्यावसायिक क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गदेखि उत्तरदक्षीण एक सय मिटर, वडा नं.४ आइतबारे बजारदेखि पाँच सय मिटर, मधुमल्ला–राजघाट सडकको दायाँ वायाँ एक सय मिटर, ‘क’ वर्गको सडकको दायाँ वायाँ ५० मिटर, मंगलबारे बजारको एक किलोमिटर, उर्लाबारी बजारको एक किलोमिटर, वडा नं.८ र ९ को दुर्गापुरी बजारको दुई सय ५० मिटर तथा आमबारी र अठियाबारी बजारको एक सय ५० मिटर सेरोफेरो रहेको छ ।

त्यसैगरी निर्धारित आवासीय क्षेत्रअन्तर्गत पूर्व पश्चिम राजमार्गको व्यावसायिक पछि उत्तर दक्षीण एक सय ५० मिटर, मधुमल्ला–राजघाट सडकको व्यावसायिक पछि दायाँ वायाँ एक सय मिटर, ‘क’ वर्गको सडकको व्यावसायिक पछि दायाँ वायाँ ५० मिटर, ‘ख’ वर्गको सडकको दायाँ वायाँ ७५ मिटर र अन्य सडकको दायाँ वायाँ २५ मिटरभित्रको भू–भाग रहेको छ ।

त्यस्तै निर्धारित औधोगिक क्षेत्रअन्तर्गत वक्राह र मावा नदी किनार तथा बाँकी रहेका सम्पूर्ण क्षेत्र कृषिका लागि उपयोग गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैबीच नगरपालिकाले जग्गा कित्ताकाट गर्ने निर्णय गरेको पनि प्रमुख प्रशासकीय अधिकृत अग्नी अधिकारीले जानकारी दिए । नापी कार्यालयसँग समन्वय गरेर कित्ताकाट गर्ने निर्णय गरिको उनको भनाई छ ।

Views: