d

गौरादहमा चोरीको बिगबिगी, प्रहरी नै हैरान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादहमा चोरीको बिगबिगी, प्रहरी नै हैरान 

झापा: झापाको गौरादह ३ मा चोरीको बिगबिगी बढेको छ।  विगत १ वर्ष यता निकै पटक चोरीका घटना घटेका भएतापनि अहिलेसम्म एउटै घटनामा संलग्नलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।  
 गुँरास चौक स्थित युवा ब्यवसायी काजी पौडेलको घरबाट हिजो शुक्रवार रातको समयमा धानका बोराहरु चोरी गर्दागर्दै स्थानियले लखेटेको बताइएको छ।  
संलग्न गिरोहले भाग्ने क्रममा केहि सवुतहरु छाडेकोले उक्त सामाग्री स्थानियले प्रहरीलाई बुझाइएका थिए।  
स्थानिय युवा व्यवसायी प्रविण वस्नेतले भने, 'धानका बोरा चोर्न आएको रहेछ, मोटर साइकलमा आएको आशंकामा फलो गर्यौं, घर देखि २ सय मिटर पर २ बोरा धान फेला पर्यो, हराएको चार बोरा फेला परेन, चोरलाई पक्रन पनि सकिएन।'

यस क्षेत्रमा पटक पटक चोरीका घटना भएको तर अहिलेसम्म चोरी गर्ने व्यक्ति खुलेआम हिडेको र गाउँघरमा त्रासको वातारण सृजना भएको धिमधिमे युवा क्लबका अध्यक्ष समेत रहेका बस्नेतले बताए।
गतवर्ष  बस्नेतकै पसल फोरेर नगद र जिन्सी सामान चोरी भएको थियो। उनले प्रहरीलाई सिसी क्यामेरा फुटेज समेत उपलब्ध गराए तर उक्त घटनाको बारेमा प्रहरीले कुनै अनुसन्धाननै गर्न सकेन।  

उक्त घटनाको सत्यतत्य अनुसन्धान गरेर अपराधी पत्ता लगाउन स्थानियले इलाका प्रहरी कार्यालय दमकमा ज्ञापन पत्र समेत बुझाएका थिए तर अनुसन्धानले कुनै सकारात्मक परिणाम दिन भने सकेन।  

   गौरादहमा यस बाहेक अन्य चोरीका घटना पनि हुने गरेका छन्।  कहिले घर फोरेर सुन चोरी, कहिले पैदल हिड्दै गरेको व्यक्तिले लगाएको लकेट नै चोरी हुँदा पनि अपराधिक कार्यमा संलग्न हुने व्यक्तिखोजी गर्न नसकेको भन्दै प्रहरीकै आलोचना हुने क्रम समेत बढ्दै गएको पाइन्छ।  

Views: