d

कोहवराका पुर्व प्रधानपन्च प्रसाईको निधन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: तत्कालिन कोहबरा गाउँ पन्चायतका प्रधानपन्च गोपाल कृष्ण प्रसाईको ८१ वर्षको उमेरमा निधन भएको छ। लामो समय देखि मधुमेह र प्रेसर रोगका कारण सिथिल रहेका प्रसाईंको आफ्नै गृहनिवास गौरादह ६ कोहबरामा सोमबार दिउसो १:३० बजे निधन भएको हो।  २०४६ सालको जनअन्दोलन भन्दा अगाडी १५ वर्ष सम्म निरन्तर प्रधानपन्च रहेका प्रसाई २०४६ मा बहुदलिय व्यवस्था पुनर्स्थापना भए पश्चात नेपाली कांग्रेसमा सक्रिय सदस्य रहनु भएको थियो।  ८ वर्ष अगाडी आफ्नी धर्म पत्नीको निधन पश्चात विछिप्त रहनु भएका प्रसाई पछिल्लो समय घुँडा दुख्ने समस्या बाट समेत ग्रस्त हुनुहुन्थ्यो। 

प्रधानपन्चको रुपमा आफ्नो कार्यकाल कुसलतापुर्वक संचालन गर्न सफल रहनु भएका प्रसाईं समकालीनहरु माझ एक अनुकरणीय क्षमता भएका निडर र हाक्की स्वाभावका हुनुहुन्थ्यो।  

सामाजिक कार्यहरुमा अत्यन्तै उदार रहने प्रसाईंले गौरादह ६ को स्वास्थ्य चौकी निर्माणको लागि १० कठ्ठा जमिन निशुल्क रुपमा प्रदान गर्नु भएको छ भने यस वडामा बनेको नेपाली कांग्रेसको वडा पार्टी कार्यालयका लागि आफैले डेड कठ्ठा जग्गा दिएर भवन समेत निर्माण गरिदिनु भएको हो।  

४ छोरा र १ छोरी रहेका प्रसाईंका जेष्ठ सुपुत्र अनिल कृष्ण प्रसाईं नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी, बिपी स्मृति प्रतिस्ठान झापाका अध्यक्ष हुनुहुन्छ भने कृषि विज्ञानमा स्नातोकत्तर गर्नु भएका प्रसाई निजी क्षेत्रको रुपमा स्थापित रहेको पुर्वाञ्चल कृषि क्याम्पस गौरादहका क्याम्पस प्रमुख समेत रहनु भएको छ।

स्व. प्रसाईको अन्त्यष्ठी भोली बिहान १० बजे कन्काई माईमा हुने पारिवारिक श्रोतले जनाएको छ।   

स्व नेता गोपालकृष्ण प्रसाईं प्रति पर्दाफास मिडिया परिवार हार्दिक श्रद्दान्जली व्यक्त गर्दछ।

Views: