d

केपी ओलीले शिलान्यास गरेको एकीकृत सन्थाल बस्ती निर्माणको काम अलपत्र अबस्थामा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

तेजन खड्का 
उर्लाबारी ।
मोरङको उर्लाबारी-८रातेहोलिमा निक्कै तामझामका साथ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको  एकीकृत सन्थालबस्ती निर्माणको काम 
अलपत्र परेको छ। 

No description available.

 

  रातेहोली किनारमा दुई वर्षअघि सङ्घीय सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती विकास परियोजनाको टेन्डर लागेर पनि अझै काम सुरु भएको छैन।

परियोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले  २०७७ फागुन १८ गते शिलान्यास
गर्दै १८ महिनापछि सन्थालहरू झुपडीबाट घरमा सर्ने आश्वासन दिएका थिए, तर २३ महिना पूरा भइसक्दा पनि घर बनेका छैनन्। एकीकृत बस्ती विकास कार्यविधि २०७५ अनुसार निर्माण गर्ने भनिएको बस्तीलाई नमुना बस्तीको रूपमा रूपान्तरण गर्ने सरकारको योजना छ। स्थानीय सीप र कलाको प्रयोग गरी भान्सासहित ३ कोठा र शौचालयसहितको घर बनाउने योजना छ। 

ओलीले शिलान्यासको क्रममा सन्थाल जातिको संस्कृति संरक्षणका लागि बाजागाजाको व्यवस्था मिलाउने बताएका थिए। त्यही बाजा बजाएर नमुना बस्तीमा नाच्न तयार रहन आग्रह गरेका थिए। 

 

No description available.

 

सन्थाल जातिका अति विपन्न १३२ परिवारलाई सुविधासम्पन्न घर बनाएर राख्ने परियोजनाले स्थानीय स्तरमा खुसी छाएको थियो। १७ करोडको उक्त परियोजना सरकारले ठेक्का लगाएको समेत सात महिना भइसकेको छ। ‘सगुन कन्स्ट्रक्सन’ ले निर्माण गर्ने सन्थाल एकीकृत बस्ती सात कट्ठा १६ धुर जग्गामा  फैलिएर बन्ने भनिएको थियो। बस्तीभित्र बाल उद्यान, सन्थाल जातीय सङ्ग्रहालय निर्माण गरिने योजना थियो। 

नगरपालिकाका तत्कालीन प्रमुखले रातेहोलीको खोला उकास जमिन खाली गर्न असहयोग गरेकाले एकीकृत बस्ती निर्माण परियोजना नबनेको आरोप थियो। अहिले नगरपालिकामा नयाँ जनप्रतिनिधि आएका छन् तर उनीहरूले पनि एकीकृत बस्ती निर्माणमा कुनै सहयोग नगरेको स्थानीय वीरेन्द्र मर्डीले बताए। त्यहाँ घर नबन्ने भएपछि धेरैले अन्यत्र घर बनाएर बस्न थालेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १८ गते शिलान्यास गर्दा राखिएको स्तम्भसमेत अहिले भत्किसकेको छ। 

उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेलले भने, “दुई पटक छलफल राखिसकेको छु। विगतको तुलनामा स्थानीय, जग्गाधनीहरू सकारात्मक बन्नु भएको छ। उहाँहरू खोला उकासको जमिन आफ्नो नाममा दर्ता गराउनेमा हुनुहुन्थ्यो तर सरकारले उक्त जग्गा दर्ता गर्न नमिल्ने भनेपछि उहाँहरू विकास रोक्नुहुन्न भन्ने पक्षमा पुग्नु भएको छ। हामी अर्को छलफलपछि त्यहाँ सन्थाल बस्ती निर्माण गर्नेमा पुगेका छौँ। हामी यो परियोजना जान दिन्नौँ।”

सन्थाल जातिका अगुवा बुद्धिलाल सोरेन सरकारले निर्माण गरिदिएको घरमा बस्ने सपना पानीको फोका झैँ फुटेको बताउछन। सोरेनले भने, ठूला नेताहरू बीच समन्वय नहुँदा हामी अन्यायमा प-यौँ।     दयनीय अवस्थामा खोला किनारामा बसोबास गर्दै आएका सन्थालबस्तीलाई व्यवस्थित बस्ती विकास गरी स्थानान्तरण हुने चाहाना आशैआशमा टुटेको स्थानिय गोरे हेमरमले बताए। नेताहरूले यसैगरी धेरै पटक धोका दिएको उनले सुनाए। ‘ओलीले केही गर्लान् भन्ने लागेको थियो त्यो पनि भएन’, उनले भने।

 

No description available.

 

 

Views: