d

सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे क्यानमा छलफल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने सम्बन्धमा  छलफल सुरु भएको छ।  

काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत क्यान अध्यक्ष चतुरबहादुर चन्दले यसबारे कानुनअनुसार नै अघि बढ्ने बताएका हुन् ।

‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यहीअनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौँ ।’

सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाबाट बाहिर जान नपाउनेलगायत सर्तमा केही दिनअघि मात्रै २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

Views: