d

घोपामा बिरामी कुर्न ५ सय धरौटी राख्नुपर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विराटनगर। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका (घोपा क्याम्प) को  वार्डमा राखिएका बिरामी कुर्नका लागि ५ सय रुपैयाँ धरौटी राख्नुपर्ने भएको छ ।
बिरामी कुरुवाहरुले रकम जम्मा गरेर मात्रै बिरामी कुरुवा पास पाउने नियम लागु गरिएको हो ।

प्रतिष्ठानले माघ १० गते सूचना जारी गर्दै कुरुवाले ५ सय रुपैयाँ धरौटी राख्नु पर्ने र डिस्चार्ज पश्चात उक्त धरौटी फिर्ता गरिने जनाइएको छ। 
 । 

अस्पतालको इमर्जेन्सी वार्डमा अनावश्यक भिडभाड बढेकोले त्यसलाई न्यूनीकरण गर्न कुरुवा पास लागु गरिएको सूचनामा उल्लेख छ।   

सूचनामा भनिएको छ, ‘प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीहरू सँग आउने कुरुवाहरूको इमर्जेन्सीभित्र अनावश्यक भिडभाड हुँदा अस्पताल जस्तो संवेदनशील स्थानमा गुणस्तरीय एवं प्रभावकारी असर हुन्छ । तसर्थ मिति २०७९र१०र१५ गते देखि लागू हुने गरी कुरुवा पास लिएका कुरुवाहरूलाई मात्र इमर्जेन्सीमा प्रवेश गर्न दिइने छ ।’

कुरुवा बसेबापत धरौटी तिर्नु पर्ने ५ रुपैयाँको कारण सेवाग्राहीलाई भने हैरान हुने देखिएको छ। बिरामीलाई समस्या परेर अस्पताल गएका बिरामीका आफन्तले कुरुवा बसेबापत ५ सय रुपैयाँ धरौटी लगाइनुलाई सेवाग्राहीले दुःख दिने काम प्रतिष्ठानबाट भएको बताएका छन् 

Views: