d

खाली ठाउँ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

ईश्वर पहिला आए की अन्तरिक्ष
ईश्वर र अन्तरिक्षनै जानुन
तर सृष्टि गर्न पनि खाली अन्तरिक्ष(ठाउँ) नै चाहियो।

जागिरले लाई विज्ञापन चाइयो
खाली पदको
समावेशीलाई कोटा चाहियो
रिक्त पदको
घर बनाउनेलाई जग्गा चाहियो
कृषकलाई खाली जग्गा चाहियो
लिंग लाई योनी चाहियो
खाली नै
बिहेबारी गर्नेलाई एकल चाहियो
खाली नै
गर्वधान गर्न पनि पाठेघर खाली नै चाहियो
सवारीमा खाली सिट चाहियो
सवारीलाई खाली बाटो चाहियो
मृतकलाई खाली घाट चाहियो
मलामीलाई पनि उभिन खाली ठाउँ चाहियो
विनाशले पनि ठाउँ खाली नै पार्दछ
यसरी हेर्दा
हामी जन्म देखि मृत्यु सम्म
खाली ठाउँको खोजीमा हुन्छौं
हाम्रो प्रगति हामीले कति खाली ठाउँ भर्यौ भनेर हुन्छ
त्यसैले खाली ठाउँको गुणगानमा
केही हरफ रचियो
खाली नै कागजमा
कागज भर्न पनि खाली ठाउँ चाहियो

मसी हाल्न पनि खाली ठाउँ चाहियो ।
जय खालिवाद।

अर्जुन दाहाल 
गौरादह - ३ झापा 

Views: