d

गौरादहमा दुर्गा प्रसाईले गरे दुर्गाको मुर्ति उपहार दिने घोषणा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

माघ १९/ झापा: मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिजो साझ गौरादह आए । गौरादह ५ स्कुलचौन (चन्दु टोल) स्थित मनकामना भजन किर्तन मण्डली द्वारा आयोजित पुराणमा प्रमुख अतिथिको रूपमा सहभागी भए । सम्बोधनका क्रममा प्रसाईले भने, 'श्रीनिवासाचार्य गुरुले कथा प्रवचन गर्नुहुन्छ भन्ने सुनेपछि असाध्यै खुशी लागेको थियो । यो अवसर जुटाईदिनुहुने आयोजक टिमलाई धन्यवाद भन्न चाहन्छु ।'

प्रसाईले आफू नेपाललाई राजसंस्था र हिन्दुराष्ट्र बनाउने अभियानमा लागेको पनि बताउन भ्याए । बैंक, लघुबित्त र सहकारीहरुको खोइरो खने र उपस्थित भएका भक्तजनलाई निमन्त्रणा गर्दै भने, 'म तपाईहरुलाई खोज्दै यहाँ सम्म आएको छु । तपाईंहरु पनि आगामी फागुन १ गते मेची पुलमा आइदिनु होला ।'

उनले फेरि दोहोर्याउदै भने, 'तपाईंहरुलाई बैंक र बित्तीय संस्थाले ढाड सेकेका छन् । त्यसैको खबरदारीको लागि कार्यक्रम आयोजना हुन लागेको हो ।'

बि एन्ड सी हस्पिटलका संचालक प्रसाईले गौरादह ५ मा निर्माण हुने दुर्गा मन्दिरमा दुर्गाको मुर्ति उपहार दिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

७ दिन सम्म संचालन हुने उक्त श्रीमद्भागवत  महापुराणमा स्थानीय समाजसेवी दम्पती  शम्सेर भुजेल र माया भुजेल १ कठ्ठा जमिन दान गरेको आयोजक समिति अध्यक्ष तिर्थ कुमार भुजेलले बताए । 

ऐतिहासिक स्थल देविथानमा देविको मन्दिर स्थापना गर्ने उद्देश्य सहित पुराण आयोजना गरिएको अध्यक्ष भुजेलको भनाई रहेको छ । 

चर्चित गुरु श्रीनिवासाचार्यको प्रमुख वाचन र पं. नारायण प्रसाद आर्यालको उपवाचन रहेको महापुराण माघ १६ मा सुरु भई माघ २४ गते सम्पन्न हुने आयोजक समितिका सचिव तारा कुमार श्रेष्ठले बताए ।

Views: