d

गौरादह बहुमुखी क्याम्पसमा राप्रविसंघले गर्यो २१ सदस्यीय तदर्थ समिति गठन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह बहुमुखी क्याम्पसमा राप्रपा सम्बद्ध विद्यार्थी संगठनको कार्यसमिति गठन गरिएको छ । बिद्यार्थी नेताहरु  युनिट गुरुङ, हरि भुजेल र कुशल खनालको नेतृत्वमा २१ .सदस्यीय इकाई तदर्थ समिति गठन गरिएको हो । 

गठित तदर्थ समितिलाई विशेष कार्यक्रम गरेर पूर्णता दिईने विद्यार्थी नेताहरुले बताएका छन्।   

राप्रपा प्रदेश (क) अध्यक्ष जय गुरुङ, गौरादह नगरसमिति अध्यक्ष शान्तिराम पौडेल सहित राप्रपा सम्बद्द नेता कार्यकर्ताहरुको विशेष उपस्थितिमा  तदर्थ समिति गठन गरिएको बताइएको छ।  

आगामी चैत्र ५ गते मुलुकभरका त्रिभुवन बिश्व बिद्यालयका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । 

स्ववियु निर्वाचनको मिति नजिकिदै गर्दा गौरादह बहुमुखी क्याम्पसमा राप्रविसंघले गठन गरेको इकाई समितिलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।  

विगतका स्ववियु निर्वाचनमा यस क्याम्पसमा गणतन्त्र स्थापना पश्चात राप्रविसंघले इकाई समिति गठन गर्न सकेको थिएन । 

'हामी राप्रविसंघलाई पहिलेकै लयमा फर्काउन प्रयासरत छौँ ।', बिद्यार्थी नेता कुशल खनालले भने। 

Views: