d

गौरादह ३: गेउरिया खोलामा तटबन्धन गरिदिन स्थानियको माग 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: गौरादह नगरपालिका वडा नम्बर ३ र ४ को सिमाना मानिने गेउरिया खोला तटबन्धन गरिदिन स्थानियले माग गरेका छन्।  वर्षायाममा आउने बाढीबाट हुने कटानका कारण वर्षेनी खेतीयोग्य जमिन नष्ट हुँदै आएको भन्दै स्थानियवासीहरु चिन्तित देखिएका हुन्।  

No description available.

 

No description available.

 

गेउरिया खोलाको कारण खेतीयोग्य जमिन बाँझै बस्ने गरेको उनीहरु बताउछन्।  

'मेरो अधिकांश जिमिन यसै खोलाको छेउमा पर्छ।  बर्षायाममा बाढी आउँदा धान रोप्ने नपाई असोज लाग्छ।', स्थानीय युवा अर्जुन कार्कीले भने।

चैते धान रोपेर आफुले गुजारा गर्ने गरेको उनि सुनाउछन्।  

 

No description available.

 

'झन्डै १३ वर्ष देखि मैले भनेजस्तो गरि खेती गर्न पाएको छैन।  कटानका कारण वर्षेनी जमिन घट्दै गएको छ।', कार्कीले भने।

 

No description available.

वडा नम्बरमा ७ मा यसै खोलाको पानी सन्चित गरि  सिचाई परियाजना संचालित छ।  यस परियोजनामा पानी जम्मा गर्दा उत्तर तर्फ पर्ने जाम्बाडी क्षेत्र जलमग्न हुने गरेको कार्की बताउछन्।  

 

No description available.

 

यस बिषयमा वारम्बार आफुहरुले ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाई नभएको कार्कीको गुनासो रहेको छ।  

यस्तै वडा नम्बर ३ बरगाछीका डिल्लीराम चम्लागाई भन्छन् , 'मेरो डेड बिघा जमिन थियो, गेउरिया खोलाका कटानकै कारण झन्डै १४ कठ्ठा जमिन घटी सकेको छ।'

 

No description available.

 

कटान रोक्नकै लागि बाँस लगायतका रुख विरुवा लगाइएको तर कटानका कारण बाँसको झाङ्ग नै ठाउँ ठाउँमा लड्न थालेको उनको  भनाई छ।  

 

No description available.

No description available.

 

नोट: यस सम्बन्धी थप समाचार पुन: प्रकाशन गरिने छ।  

Views: