d

टर्की भूकम्पले लियो २२ हजार बढीको ज्यान 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एजेन्सी । टर्कीमा भएको विनासकारी भुकम्पमा परि मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ।   पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको तथा दशौँ हजार घाइते भएका संचारमाध्यमहरुले बताएका छन्।   

उद्धारकर्मीहरूका अनुसार टर्कीएमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका छन् । 

सिरियाको सरकार नियन्त्रित क्षेत्रमा एक हजार तीन सय ४० जना हताहत भएका छन् भने विद्रोही पकड जमाएको भूभागमा दुई हजार ३७ जनाले ज्यान गुमाएका जनाइएको छ।  

टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपील गरेका छन् ।वीय सहायतामा अवरोध नहुने जनाउँदै सहायोगको घोषणा गरेको छ । अर्थमन्त्रालयले मानवीय सहायताका कार्यमा प्रतिबन्ध लागू नहुने बताएको छ ।

Views: