d

पुर्वराजाद्वारा प्रसाईको महाअभियानको उद्घाटन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा । पूर्वराजपरिवारका सदस्यहरुको विशेष उपस्थितिमा व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् । आज मेची पुलमा पूर्वराजाले दीप बालेर महाअभियानको समुद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र,  पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिए ।

आजको कार्यक्रममा प्रसाईले राजनीतिक दलका नेताहरूलाई पनि निम्त्याएका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निम्तो मान्न आउन उनको अपेक्षा थियो । तर, झापामै भए पनि ओली कार्यक्रममा सहभागी भएनन् ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् । मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनको योजना छ । केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो ।

Views: