d

प्रधानमन्त्री प्रचण्डसँग भारतीय विदेश सचिवकाे भेटवार्ता

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय विदेश सचिव  विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज साेमवार भएकाे भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डाै आइपुगेका हुन् । यसअघि उनले आजै परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए भने सचिवस्तरीय बैठकमा सहभागी भएका थिए।  

Views: