d

गौरादहमा ८६ वर्षीय बृद्दा मृत अवस्थामा फेला, घटना संकास्पद

Views:
Responsive Image Gallery
Responsive Image Gallery

गौरादह २ दहलुमा एक ब्रिद्दा मृतक फेला परेकी छिन्।  गौरादह २ स्थित नगरपालिका कार्यालय बाट करिव ८ सय मिटर पुर्व रहेको आफ्नै घरमा ८६ वर्षीय धनमाया ढकाल मृतक अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ। 

घटना विवरण अनुसार उनि २ दिन देखि हराइरहेकी थिइन्।  घरमा एक्लै बस्दै आएकी आफ्नी सासुलाई कोठा भित्र मृतक अवस्थामा उनकी बुहारीले देखे पछि उनैले प्रहरीलाई खबर गरेको बताइन्छ।    

 मुख र नाकमा चोटपटक लागेकोले घटना संकास्पद रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

मृतक महिलालाई पोस्टमार्टमको लागि धरान पठाइएको बताइएको छ ।    

Views: