d

झापा गोल्डकपलाई भद्रपुर नगरपालिकाले  गर्यो ३० लाख आर्थिक सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा गोल्डकप सञ्चालन गर्न भद्रपुर नगरले दियो ३० लाख नगद सहयोग गरेको छ।  

भद्रपुर नगरपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख गणेश पोखरेलले आयोजक समितिलाई ३० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
 
यही फागुन ७ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा भारत, भुटान र बङ्गलादेश गरी १० वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक भद्रपुर ब्लेजर्स र जयगाउँ फुटबल क्लब भारतबीच हुने आयोजकले जानकारी गराईएको छ।   पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र फाइनल खेलको पहिलो गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ ।  प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २० हजार रुपैयाँ दिइनेछ ।  

Views: