d

पत्रकार महासंघ झापाद्वारा  सभामुख र उपसभामुखलाई बधाई ज्ञापन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई नेपाल पत्रकार महासंघ झापा शाखाले सम्मान गरेको छ । 
बिर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच महासंघ अध्यक्ष एकराज गिरी नेतृत्वको टोलीले सभामुख घिमिरे तथा उपसभामुख मगरलाई बधाई तथा शुभकामना–पत्र प्रदान गरेको थियो ।

 कार्यक्रममा महासंघ प्रदेश समिति सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्यहरु विनोद पाण्डे, अच्युत सुवेदी, रञ्जित परियार, सन्तोष शर्मा लगायत उल्लेख्य संख्यामा सञ्चारकर्मीको सहभागिता थियो ।
त्यस्तै अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईसहितको टोलीले समेत सभामुख तथा उपसभामुखलाई बधाई तथा शुभकामना–पत्र प्रदान गरेको थियो । कार्यक्रममा जनप्रतिनिधि तथा विभिन्न संस्थाका प्रतिनिधिले सभामुख, उपसभामुखलाई खाना, माला पहि¥याएर बधाई एवम् शुभकामना ज्ञापन गरेका थिए ।

Views: