d

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल विजयी भएका छन्। हिजो भएको मतदान यसअघि महासचिव रहेका बडाल अध्यक्षमा विजयी भएका हुन्।

 नयाँ नेतृत्व चयनका लागि हिजो कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विद्युतीय मेसिनबाट मतदान भएको थियो। नयाँ नेतृत्वका लागि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र बडाल प्रतिष्पर्धामा थिए।

यस्तै, अनेरास्ववियुको उपाध्यक्ष  गाेविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्। यस्तै, महासचिवमा नरेश राेकाया, सचिवमा सञ्जिव धिताल, डा.सुजन कडरिया, प्रकाश पाैडेल, दिपेश प्रसाईं, अञ्जना सिवाकोटी, आरति भट्टराई र विनिता काफ्ले निर्वाचित भएका छन्। कोषाध्यक्षमा भने संगम अर्याल निर्वाचित भएका छन्।

महाधिवेशनले आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गरेको हो। महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी थिए।

Views: