d

राप्रपाको उपाध्यक्षमा पौडेल मनोनीत 

Views:
Responsive Image Gallery
Responsive Image Gallery


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको उपाध्यक्षमा उद्धव पौडेललाई मनोनीत गरेका छन् । 

अध्यक्ष लिङ्देनले पार्टीको विधानअनुसार पौडेललाई सो पदमा मनोनीत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि, केन्द्रीय कार्य सम्पादन समिति सदस्यको जिम्मेवारीमा रहेका पौडेलले पार्टीको सङ्गठन निर्माणमा योगदान गरेका थिए । 

पछिल्लो महाधिवेशनपछि पार्टी विभाजन भई राप्रपा नेपाल गठन हुँदा पौडेल विभाजित पार्टीको पनि उपाध्यक्षको जिम्मेवारीमा थिए । 


पौडेललगायत केही नेता तत्कालीन राप्रपा नेपाल परित्याग गरी गत वैशाखमा मूलधारको पार्टीमा फर्केका थिए । 

पार्टीमा तीनजना निर्वाचित र पौडेलसहित पाँचजना मनोनीत गरी आठ उपाध्यक्ष छन् । रासस
 

Views: