d

एसियन लाईफ इन्स्योरेन्सले गर्यो २० लाख बराबरको मृत्यु दावी भुक्तानी 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दमक शाखाको तर्फबाट १०३ औं मृत्यु दावी भुक्तानी गरेको छ । गौरादह ३ स्थित धोविनियामा निवासी कमल प्रसाद आचार्यको परिवारलाई कम्पनीको दमक शाखाले नगद २० लाख ६२ हजार १ सय ३७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कमल प्रसाद आचार्यकि श्रीमती मिना आचार्यको गत जेष्ठ १९ गते सडक दुर्घटना भई उपचारको क्रममा निधन भएको थियो । स्व. मिना आचार्यले एसियन वार्षिक धनलाभ वीमा योजना अनुरुप उक्त वीमा कम्पनीमा १० लाख बराबरको बीमा गर्नुभएको जसमा वहाँले दुई किस्ताको कुल १ लाख ७ सय जम्मा गर्नु भएको बताइएको छ । 

गौरादह २ स्थित लायन्स चिल्ड्रेन पार्क परिसरमा आयोजित औपचारिक शोकसभा कार्यक्रम मार्फत पीडित परिवारलाई मृत्यु बीमा दावी भुक्तानी गरेको छ ।  संविधान सभा सभासद तथा नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नम्बर २ का वडाध्यक्ष दिलिप भण्डारी,  एसियन लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु लगायत सामाजिक क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले बित्तीय क्षेत्रमा चरम संकट आएको समयमा पनि एसियन लाईफ इन्स्योरेन्सले जनजिविकाको क्षेत्रमा पुर्याएको योगदान उच्च रहेको चर्चा गरे । 
कम्पनीका दमक शाखा प्रमुख शान्तिराम निरौलाले कम्पनीले हाल सम्म गरेका सामाजिक दायित्व अन्तर्गतका कार्यहरू बारे चर्चा गरे । 

प्रवन्ध निर्देशक निरौलाकै  सभापतित्वमा सम्पन्न कार्यक्रममा शोकाकुल परिवारका तर्फबाट आयुस आचार्य, अभिकर्ताको तर्फबाट पवित्रा कुमारी शिवा लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन कम्पनीका बेलबारी शाखा प्रमुख श्याम पोख्रेलले गरेका थिए ।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

 

No description available.

Views: