d

के दुर्गा प्रसाईं एमाले छोडेकै हुन् त ? 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् ।

उनले आजको दिनबाट आफू एमालेबाट अलग भएको  जानकारी दिएका छन् ।

प्रसाईँले कहिदिन अघि मात्र पूर्व राजपरिवारलाई अघि सारेर झापाको मेचीबाट महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो ।

पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् । उनले आज नै पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताईएको छ ।

विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट रहेका प्रसाईं पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिदै आएका थिए ।
 

Views: