d

बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १० फागुन । बागलुङमा गाई मारेको अभियोगमा चार जना पक्राउ परेका छन्। जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेमा गाई काट्दै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।


प्रहरीले जैमिनी नगरपालिका–५ का २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टङ्कबहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको खड्काको भनाइ छ। रासस

Views: