d

कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन वीरगञ्जमा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


काठमाडौं, १० फागुन । नेपाल बार एसोसिएसनले कानून व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन यही फागुन १२ गतेदेखि १४ गतेसम्म गर्ने भएको छ।

बारले महिला सम्मेलन र केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठक संयुक्तरूपमा मधेस प्रदेशको पर्सा, वीरगञ्जमा गर्न लागेको बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले र कार्यकारिणी बैठकको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री धु्रवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

‘पेसागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त सम्मेलनमा बारले वर्तमान अवस्थामा बारको भूमिका र भावी कार्ययोजनासहितको मार्गचित्रका बारेमा छलफल गर्नेछ।

त्यस्तै, सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानून व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनमा महिला सहभागिता, पेसागत चुनौती, हिंसा पीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायतका विभिन्न विषयमा अवधारणा पत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्नेछ।

सम्मेलन र बैठकमा बारको कामको समीक्षा र भावी योजनाको बारेमा बृहत् छलफल गर्न देशभरिबाट कानून व्यवसायीको उपस्थिति र सक्रिय सहभागितामा घोषणापत्र जारी गर्दै मार्गनिर्देश गर्ने उद्देश्य रहेको जनाइएको छ। रासस

Views: