d

सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउछन् - मुख्यमन्त्री कार्की 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरको नव निर्मित कार्यालय भवनको आज उद्घाटन गरेका छन्  ।  मुख्यमन्त्री कार्कीले कुल रु १९ करोड १४ लाख लागतमा निर्माण भएको पाँच तले प्रहरी कार्यालय भवनको बिहिवार उद्धघाटन गरेका हुन् ।

कार्यालय भवन समुद्घाटन गर्दै उनले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभुति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताए ।

भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यमा प्रत्यक्ष असर पर्ने बताएका उनले सुविधासम्पत्र भवन प्राप्त भएसँगै नागरिक सेवामा लाग्न प्रहरीलाई आग्रह गरे ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको बताउँदै प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप उत्साह बढेको धारणा राखे । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवालीले भौतिक सुविधाले प्रहरी सेवामा अनुकूल वातावरण सिर्जना गर्ने बताए ।

सो कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पु¥याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्रले सम्मान गरे ।

Views: