d

८ अर्व ऋण खाएर किस्ता नतिर्नेको पछि नलाग्न अध्यक्ष लिङ्देनको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : उपप्रधान तथा उर्जामन्त्री समेत रहेका लिङ्देनले एक कार्यक्रममा ५ अर्बभन्दा बढी ऋण लिएर ब्याज र किस्ता नतिर्ने ‘व्यवसायी तथा बैंक ठग’ का पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । जसले ५ अर्बभन्दा धेरै ऋण लिएर, व्याज नतिरेर, किस्ता नतिरेर अहिले ८ अर्ब पुग्न आँटेको छ । त्यो मान्छेले अब बैंकको व्याज नतिर्ने र ऋण नतिर्ने भन्दा कसैले ताली बजाउनुको कुनै अर्थ नरहेको उनले बताएका छन् । 
 
उनले बैंकको पैसा बैंकको होइन, तपाई–हामीले बचत गरेको पैसा हो । जनताको पैसा हो । त्यसैले बैंक डुब्दा तपाई–हाम्रो बचतकर्ता डुब्ने हो । बैंकबाट पैसा लिएर चोरबाटोबाट विदेश लैजाने, अनि यहाँ बैंकले लिएको ऋण नतिर्ने भन्दा साँच्चै तिर्न नपर्ने हो कि, साह्रै राम्रो कुरा हो भनेर त्यस्ता ठग व्यवसायीको पछि जो कोही पनि कुदिहाल्न नहुने बताएका छन् । file photo

Views: