d

नयाँ राजनीतिक यात्रा सुरु भयो - प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका छन्। सत्ता साझेदार दलहरुलाई छाड्दै प्रमुख प्रतिपक्षी दललाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

बालुवाटारमा शुक्रबार साँझ बसेको ८ दलको बैठकमा सहमती जुटेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएको बताइएको छ।  

प्रचण्डको यो भनाइले सत्ता गठबन्धन भत्किएको संकेत गरेको छ। एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई कुनै पनि हालतमा सहयोग नगर्ने अडान लिएका हुन्। राष्ट्रिय सहमतीको रटान लाउँदै उनले एमाले उम्मेदवारलाई सहयोग गर्ने वा नगर्ने भन्ने बचन दिन मानेका थिएनन्। त्यही बिचमा प्रतिपक्षीदलहरुसँग नियमित छलफलमा थिए।
 

Views: