d

सांसद यादवकाे प्रश्न- सरकारी वेबसाइटको साँचो कोसँग छ ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले साइबर सुरक्षामा लापरवाही गरिरहेकाे आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले सरकारी वेबसाइटमा समस्या आउँदा सेवाग्राहीले सास्ती भाेग्नुपरेकाे विषय उठाए । 

"केही दिनयता हाम्रा सरकारी वेबसाइट पटक पटक अवरुद्ध भइरहेको छ,' उनले भने, "साइबर सुरक्षामा एकदमै लापरवाही भएको देखिएको छ । यो लापरवाहीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पटक पटक घन्टौं अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । उडान प्रभावित हुँदा विदेश जाने र विदेशबाट आउने यात्रुहरूलाई अध्यागमन कार्यालयले सेवा दिन सक्दैन । जसका कारण हजारौं यात्रीले सास्ती बेहोर्नु परेको छ ।" 


यस्तो समस्या भइरहे कुनै दिन विमानस्थल मात्र नभई अधिकांश सरकारी वेबसाइट बन्द हुनेबारे यादवले सचेत गराए । वेबसाइट पटक पटक अवरुद्ध हुँदा सरकारी डेटा चोरी हुने, डेटा दुरुपयोग हुनसक्ने उनकाे भनाइ थियाे ।

"यो हाम्रो मुलुकको सुरक्षाका लागि गम्भीर कुरा हो । आईटीमा लगानी बढिरहेको छ । तर, हाम्रो आईटी सुरक्षित छैन," उनले अगाडि भने । 

टेकपाना।  

Views: