d

फेरी जाग्यो झापा इस्टु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: निजि शिक्षण संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीको संगठन संस्थागत शिक्षक युनियन (इस्टु) पुन: सक्रिय हुने देखिएको छ।  कोरोनाको समय देखि सुस्त प्रायः रहेको  इस्टुले पुन: सक्रिय भएर आफ्ना हकाधिकारका लागि लड्ने जनाएको हो।  आज झापाको कन्काई नगरपालिका स्थित एक सभाहलमा बसेको इस्टु झापाको पूर्ण बैठकले विभिन्न निर्णयहरु गरेको छ।  
उसले भनेको छ, 'सरकारले लागु गरेको सामाजिक सुरक्षामा आधारित कार्यक्रमलाई निजि बिद्यालयमा लागु गर्न कदम चालिने छ।' 

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तत्कालीन के पी ओली नेतृत्वको सरकारले २०७४ सालमा निजि क्षेत्रमा कार्यरतहरुका लागि लागु गरेको कार्यक्रम हो ।  निजिक्षेत्र लक्षित उक्त कार्यक्रम बैंक, बित्तीय संस्थान लगायत विभिन्न उद्योग र कम्पनी लगायतले उत्साह पुर्वक लागू गरेता पनि निजि क्षेत्रका शिक्षण संस्थाका संचालकहरुले भने रुचाएको पाइदैन । 

 

कोरोना संगै थला परेको इस्टु अव पुन: सक्रिय हुने भएपछी प्राइभेट शिक्षण संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरु उत्साहित देखिएका छन् । 

 २०६० मा स्थापना भएको इस्टुका जिल्ला र प्रदेश संगठनहरु मुलुकभरी नै गठन भएका भएतापनि केन्द्र, प्रदेश १ र विशेष गरि झापा जिल्ला बाहेक अन्यत्र खास सक्रियता भने देखिएको पाइदैन ।  कोरोनाको संबेदनशील समयमा समेत इस्टुकर्मीहरु प्रदेश १ र झापा जिल्लामा निकै सक्रिय देखिन्थे।  विर्तामोड, भद्रपुर र इटहरीमा प्लेकार्ड र ब्यानर बोकेर निजि शिक्षक हकहितमा आन्दोलनमै उत्रिएको इस्टुले शिक्षक तथा कर्मचारीका समस्या र गुनासाहरु सम्बोधन गर्न विशेष भूमिका खेल्दै आएको पाइन्छ।

'प्रथम चरणमा सम्बन्धित सरोकारवाला संग सामाजिक सुरक्षा कार्यक्रमको बारेमा ध्यानाकर्षण गराइने छ।  सुनुवाई नभए इस्टु थप गम्भीर हुने छ।', अध्यक्ष होमराज खतिवडाले भनेका छन्।  

आजै गरिएको निर्णयबारे जानकारी गरादै खतिवडा भन्छन्, 'कोरोना अवधिमा भुक्तान नगरिएको  ६ महिनाको तलब भुक्तानी गराउन पनि हामी सक्रिय हुनेछौं।'

खतिवडा भन्छन् , 'हामीले पालिका तहलाई जागृत गराउन पहल थालेका छौँ । यथासिघ्र झापाका १५ वटै पालिकामा नयाँ अधिवेशन गराउने छौँ ।'
 

Views: