d

राजाबादी नारा घन्किनु संविधान विपरित - प्रचण्ड

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १३ फागुन । प्रजातन्त्र दिवसका दिन संविधानले नचिनेका नारा लागे भन्दै प्रधानमन्त्री प्रचण्डले राजावादीहरुलाई दवाब दिने संकेत गरेका छन्।  दाहालले फागुन ७ गते संविधानले नचिनेका नाराहरु लागेको टिप्पणी गर्दै गणतन्त्र माथि नै आघात पुग्ने गरि राजसंस्थाको वकालत गर्न थालिएको प्रति गम्भीर भएका हुन् । शनिवार महेन्द्रनारायण निधिको १०१औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले हजारौं सहिद र लाखौँको त्याग तपस्या बाट स्थापित भएको गणतन्त्र विरुद्द संविधानमै नभएको राजसंस्थाको पक्षपोषण प्रति आफु सचेत रहेको बताएका छन्।  

उनले संविधानले राजा÷महाराजाहरुलाई कुनै अधिकार नदिएको स्मरण गराए । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्विकार गर्न नसकिनेहरुसँगको सहकार्यले संशय पैदा गर्ने सुनाए ।

उनले आफूले यो कुराको तितो अनुभव दुई महिनामै गरेको सुनाए । उनले बेला बेलामा उतारचढाव भएपनि आफूहरु ठीक ठाउँमा आईहाल्ने गरेको सुनाए । उनले हिजो आफूले गर्व गरेको स्मरण गराएँ । उनले एमाले प्रतिपक्षमा जाने सुनाए । उनले आफूले देश र जनताको लागि अझ बढि निष्ठाको रुपमा काम गर्ने प्रतिबद्धता जनाए । file photo

Views: