d

बाग्मती प्रदेशका ३ रिक्त मन्त्रालयमा राष्ट्रपति निर्वाचन पछिमात्र  मन्त्री नियुक्त हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मकवानपुर -  बाग्मती प्रदेशका रिक्त तीन मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने भएका छन् । बाग्मतीमा हिजो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ ।  खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापाले हिजो बेलुका प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसमक्ष संयुक्तरूपमा राजीनामा बुझाएका थिए ।

तीन जना मन्त्रीले राजीनामा दिए पनि नयाँ गठबन्धनका तर्फबाट तत्काल मन्त्री नियुक्त नहुने बताइएको हो । राप्रपाले छोडेका तीन वटै मन्त्रालय अहिलेलाई मुख्यमन्त्री जम्मकट्टेलले सम्हाल्ने छन् । नयाँ सत्ता समीकरणमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी भित्रिएको भए पनि राष्ट्रपतिको चुनाव अघि नयाँ मन्त्री नियुक्त नहुने भएका हुन् ।
 

Views: