d

प्रधानमन्त्री प्रचण्डकै  जिम्मेवारीमा आए १६ मन्त्रालय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्प कमल दाहालले स्वयम् लिएका छन्।  अहिले प्रधानमन्त्रीको जिम्मेवारीमा १६ मन्त्रालय रहेका छन्।   


 नागरिकता विवादमा मुछिएर सांसदसहित उप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाउन पुग्दा रास्वपाका अरु मन्त्रीले पनि सरकार छोडेका थिए 
 भने २ दिन अगाडी मात्र राप्रपा सरकार बाट बाहिरिएको छ।  त्यस्तै आज नेकपा एमालेले समेत सरकार छोडेपछि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयम्ले लिएका छन्।  

 कांग्रेससहित ८ दलिय नयाँ गठबन्धनमा रहेका दललाई खाली रहेका मन्त्रालय बाँड्ने प्रधानमन्त्री प्रचण्डकाे तयारी छ ।

Views: