d

नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित छैन - आरजु राणा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन् ।

आज (मंगलवार) ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यो सुरक्षित नरहेको बताएकी हुन् ।

नेपालीहरु पूर्ण रुपमा डिजिटल प्रणाली प्रयोग गर्न सक्षम नरहेको उनको भनाइ छ । नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् ।

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौं, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो,’ सांसद राणाले भनिन्, ‘जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’

त्यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेबिसंघको अबको एजेण्डा शैक्षिक, सामाजिक, युवाहरुलाई उद्यमशील बनाउने, नेपालमै युवाहरुलाई टिकाउने र जलवायु परिवर्तनको एजेण्डामा केन्द्रित रहेको बताए । उनले भने, ‘नेपाल विद्यार्थी संघको अबको एजेण्डा शैक्षिक एजेण्डा, सामाजिक एजेण्डा, युवाहरुलाई उद्यमशील बनाउने र नेपालमै युवाहरुलाई टिकाउने, जलवायु परिवर्तनको एजेण्डामा हामी अघि बढ्नेछौँ ।’

त्यस्तै पुल्चोक क्याम्पसका विद्यार्थी अस्मित तिमल्सिनाले नेविसंघले विद्यार्थीहरुको प्रोग्रामिङ स्किलबाट नेपालमा भइरहेको सामाजिक समस्याको समाधान गर्न कार्यक्रम अल नेपाल ह्याकथन कार्यक्रम आयोजना गरेको बताए ।

नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिले आयोजना गरेको अल नेपाल ह्याकथन कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रोग्रामिङ स्किलबाट समाजका समस्याहरु समाधानबारे विमर्श भएको थियो ।

Views: