d

प्रदेश १ : कोशी नाममाथि छलफल सकियो, संशोधन गर्न २ घण्टाको समय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमाथि छलफल सकिएको छ।

आज प्रदेशसभामा प्रदेशको नामांकनका विषयमा २ प्रस्ताव दर्ता भएका थिए। ती मध्ये कोशी प्रदेश नाम राख्ने प्रस्ताव बहुमतले पारित भएको छ।

उक्त प्रस्तावमा अहिले छलफल सकिएको नाम संशोधन गर्न २ घण्टाको समय दिइएको छ।

दुई घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुनेछ। प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ।

मत विभाजन गर्दा दुईतिहाई मत प्राप्त भए सोही नाम प्रदेशले पाउने प्रदेश सचिवालयले जनाएको छ।

Views: